सबै खाले अपांगतालाई एउटै रूपमा हेर्नुहुँदैन, विपद्को वेला विषेश हेरचाह र सहयोग जरुरी हुन्छ । |
सन् २०११ को जनगणना अनुसार नेपालमा १.९५% अपांगता भएका व्यक्तिहरू छन् भनिरहँदा प्रमाणित भएका र प्रमाणित हुन वाँकि विभिन्न खालको प्रकोप, विपद्, घटना, दुर्घटनावाट भएको क्षति र मानवमा परेको असरले गर्दा जनसंख्याको १०% मा अपांगता रहेको छ भन्ने गरिन्छ । जुन ३० लाखको हाराहारीमा हुन्छ । अपांगता भएका व्यक्तिहरू सधैँ नै संकटको अवस्थामा हुन्छन् । उनीहरूको विभिन्न क्षेत्रमा पहुँच एकदम न्युन हुन्छ भने गरिवी र अपांगता एक अर्कोसँग जोडिएको हुन्छ । अपांगता भएका महिला, वालवालिका, दलित र आदिवासी जनजातीहरूको नेपालमा अवस्था झनै दयनीय छ ।
नेपालमा अहिले कोभिड १९ जस्तो महामारीको अवस्थामा के अपांगता भएका व्यक्ति र उनिहरूको परिवारले सही सूचना पाइरहेका छन् ? के अपांगता भएकाहरूले दैनिक उपभोगका सामान सहज रूपमा पाईरहेका छन् ? के औषधि र अन्य अत्यावश्यक सहायक सामग्री सहज छ ?
अहिलेको अवस्थामा माथि उल्लेखीत कुराहरू सहज छैन । न दैनिक उपभोगका सामान सहज छ न त औषधि र सहायक सामाग्री नै न त सूचना नै पहुँचयुक्त छ । यसको मुख्य कारणमा हाम्रो सामाजीक संरचना र अपांगता भएका व्यक्तिहरू हेर्ने दृष्टि नै हो । अपांगता भएका व्यक्तिको अपांगता अनुसारनै छुट्टाछुट्टै आवश्यकता हुने गर्दछ । सवै खाले अपांगतालाई एउटै रूपमा हेर्नुहुँदैन । अझ विपद्को वेला विषेश हेरचाह र विषेश सहयोग जरुरी हुन्छ । अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन, २०७४ को अनुसूची ले अपांगताको परिभाषा तथा अपांगताका प्रकारहरूको यसरी परिभाषीत गरेको छ यसबाट विभिन्न खालको अपांगता र उनीहरूको आवश्यकता बुझ्न मद्दत गर्छ ।
अपांगताको वर्गीकरण
शारीरिक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपांगता भएका व्यक्ति
१. शारीरिक अपांगता : स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको वनावट एवं सञ्चालनमा समस्या भएको कारणवाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तै: वाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्ड सम्वन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डी सम्वन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर वमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।
२. दृष्टि सम्वन्धी अपांगता: दृष्टि सम्वन्धी देहायको समस्यावाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने,
(क) दृष्टिविहीनता : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगवाट पनि दुवै आँखाले हातको औँला दश फिटको दूरीवाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३र६०) मा पढ्न नसक्ने व्यक्ति ।
(ख) न्यून दृष्टियुक्त : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगवाट पनि वीस फिटको दूरीवाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६र१८) मा पढ्न नसक्ने ।
(ग) पूर्ण दृष्टिविहीन : पूर्ण रूपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।
३. सुनाईसम्बन्धी अपांगता: सुनाइका अङ्गको वनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति
(क) बहिरा : असी डेसिवलभन्दा माथिको ध्वनि सुन्न
नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।
(ख) सुस्तश्रवण : सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठी देखि असी डेसिवलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।
४. श्रवण दृष्टिविहीन अपांगता: सुनाइ सम्वन्धी र दृष्टिसम्वन्धी दुवै अपांगता भएको वा दुईवटा इन्द्रिय सम्वन्धी अपांगताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।
५. स्वर र वोलाइ सम्वन्धी अपांगता: स्वर र वोलाइ सम्वन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा वोल्दा स्वरको उतार चढावमा कठिनाइ, वोली स्पष्ट नहुने, वोल्दा शव्द वा अक्षर दोहोर्याउने व्यक्ति ।
६. मानसिक वा मनोसामाजिक अपांगता: मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता वौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।
७. वौद्धिक अपांगता: उमेरको वृद्धिसँगै वौद्धिक सचेतनाको विकास हुन नसकी वौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तो: डाउन्स सिन्ड्रोम समेत)
८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्वन्धी अपांगता: अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।
९. अटिजमसम्बन्धी अपांगता: जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तो: सञ्चार गर्न, सामान्य सामाजिक नियम वुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्यारहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति)
१०. बहुअपांगता : एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा वढी प्रकारका अपांगताको समस्या भएको व्यक्ति । (जस्तै: मस्तिष्क पक्षघात आदि)
माथी उल्लेखीत अपांगताको वर्गीकरणवाट हामीले के थाह पाउन सक्छमै भने अपांगता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारलाई विपदको वेलामा अरुलाई भन्दा धेरै नै असर गर्छ । अझ अशक्तताको गम्भीरताका आधारमा अपांगताको वर्गीकरण गरिएको छ ।
(१) पूर्ण अशक्त अपांगता : आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।
(२) अतिअशक्त अपांगता : वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।
(३) मध्यम अपांगता : भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग लिई वा नलिई नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
(४) सामान्य अपांगता : सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
सम्पुर्ण सरोकारवाला निकायहरूले के वुझनु पर्ने जरुरी देखिन्छ भने अहिलेको परिस्थतीमा अपांगता भएका व्यक्तिहरू पुर्ण जोखिममा रहेका छन् । उनिहरूमा चेतनाको कमि त छदै छ त्यसमा भन्दा पनि महत्वपुर्ण कुरा अपांगता भएका व्यक्तिहरू मा कुनै पनि मिल्दो जुल्दो लक्षण देखियो भने पनि त्यस लाई सम्वधित निकायमा पु-याउने सक्ने अवस्था धेरैनै कम छ ।
अपांगता समावेसी विपद् व्यवस्थापन कस्ले सहयोग गर्न सक्छ त ?
पहिलो सहयोगी परिवारका सदस्यहरू हुन् । विषेश पूर्ण अशक्त अपांगता र अति अशक्त अपांगता भएका व्यक्तिहरूको हकमा आमा, वावु वा प्रत्यक्षरूपमा पालनपोषणमा संलग्न व्यक्तिलाई परिवारका सदस्यहरूले जाने अनुसार सहयोग गर्नुपर्छ । अहिलेको अवस्थामा स्थानिय तहको ठुलो भुमीका छ । स्थानीय तहले अपांगता भएका व्यक्तिहरूको तथ्यांक पहिलेदेखि नै रहेको छ भने के –के आवस्यक छ त्यस्को जोहो गर्नै । स्थानिय स्वास्थ संस्था र अन्य सरोकारवाला निकाय संग मिलेर जोखिमको प्रकृतिका साथै त्यसको स्तर वा मात्रा निर्धारण गर्ने । अपांगता भएका व्यक्तिहरू र परिवारमा दैनिक उपभोग्य सामाग्री र औषधिहरूको अवस्था बुझने, अभाव भएमा पु-याउन मद्दत गर्ने । लकडाउन पछिको उनिहरूको स्थीती झन् कठिन हुन सक्नेछ ।